आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाली सेनालाई भारतीय सेनाको एक लाख डोज कोरोना खोप उपहार

नेपाली सेनालाई भारतीय सेनाको एक लाख डोज कोरोना खोप उपहार

भारतीय सेनाले नेपाली सेनालाई कोभिड–१९ विरुद्धको एक लाख डोज खोप उपहारस्वरुप दिएको छ।
 |  मंगलबार, चैत १७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १७, २०७७

काठमाडौं– भारतीय सेनाले नेपाली सेनालाई कोभिड–१९ विरुद्धको एक लाख डोज खोप उपहारस्वरुप दिएको छ। भारतकै सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप नेपाली सेनाले पाएको हो।

भारतीय सेनाका सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले आफ्ना नेपाली समकक्षी जनरल पूर्णचन्द्र थापालाई टुँडीखेलस्थित नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आयोजित एक समारोहकाबीच भिडियो कन्फरेन्समार्फत उक्त खोप प्रदान गरेका छन्।

भारतको पुणेस्थित सिरम इन्टिच्युटबाट एयर इण्डियाको विमान मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बेलुकी ल्याइएको उक्त खोप नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले नेपाली सेनालाई हस्तान्तरण गरेका थिए।

यसअघि गत जनवरीमा भारतले नेपाललाई दश लाख डोज खोप उपहार दिएको थियो। 

प्रकाशित: Mar 30, 2021| 12:00 मंगलबार, चैत १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।