शुक्रबार, असोज ९, २०८३

चार विधामा ‘नबिल स्किल हिरो’को घोषणा

 |  मंगलबार, चैत १७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १७, २०७७

काठमाडौं– स्किल विक २०२१ दोस्रो संस्करण समापन समारोह सोमबार सोल्टी क्राउन प्लाजामा सम्पन्न भएको छ।

विशेष जमघटका बीच उद्यमी, सरकारी कूटनीतिज्ञ तथा अन्य करिब सयजना उत्साहीहरुको उपस्थितिमा कार्यक्रम भव्यताका साथ समापन गरिएको नबिल बैंकले जनाएको छ।

स्किल विक एक हप्ते कार्यक्रम हो, जसमा विभिन्न सीपमूलक तालिमलगायत सिपयुक्त कार्यशाला, तालिम, केस स्टडीलगायत मनोरन्जनलाई मध्य नजरमा राख्दै सिपलाई विभिन्न आयामबाट प्रस्तुत गर्ने कोशिस गरिएको थियो।

कलकारखाना, शैक्षिक संस्था एवम् सरकारी निकायसँगको साझेदारीको लक्ष्य लिई तीनै क्षेत्रबाट सिपमूलक रोजगारीका अवसर, बढ्दोे सिप प्रतिको महत्व, व्यापार, सेवा, आधुनिक प्रबिधीदेखि लिएर कला तथा संस्कृति झल्किने किसिमले सिपको महत्व उजागर गर्ने लक्ष्य लिई स्किल विक कार्यक्रम २१ मार्च देखि २९ मार्चसम्म सन्चालन भएको थियो। 


 

प्रकाशित: Mar 30, 2021| 09:00 मंगलबार, चैत १७, २०७७
प्रतिक्रिया दिनुहोस्