नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन जारी गरेका छन्।
नेकपा (एमाले) को फागुन २८ गते र चैत ७ गते बसेको केन्द्रीय कमिटी बैठकले गरेका निर्णय ओलीले अन्तरपार्टी निर्देशनमार्फत सार्वजनिक गरेका हुन्।
पार्टीलाई दूरगामी महत्वराख्ने निर्देशन जारी गरिएको निर्देशिकामा उल्लेख छ।
पछिल्लो राजनीतिक घटनाक्रम र अदालतका फैसला सम्बन्धमा, बाधा-अड्काउ फुकाउनु पर्नाको कारण बारे चर्चा गरिएको छ।
एमालेले पार्टीलाई एकताबद्ध बनाउन निर्देशन दिएको छ। दुवै बैठकमा माधव नेपाल पक्ष भने सहभागी भएको छैन। नेपाल पक्षको सहमतिबिनै ओलीले अन्तरपार्टी निर्देशन जारी गरेका हुन्।