आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • यस्तो छ दाहालले सर्वोच्च अदालतमा दर्ता गराएको निवेदन

यस्तो छ दाहालले सर्वोच्च अदालतमा दर्ता गराएको निवेदन

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतमा पुनरावलोकनका लागि निवेदन दर्ता गराएका छन्। 
 |  मंगलबार, चैत १७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १७, २०७७

काठमाडौं - फागुन २३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत् रूपमा फर्काउने सर्वोच्च अदालतको फैसलाविरुद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतमा पुनरावलोकनका लागि निवेदन दर्ता गराएका छन्। 

निवेदनमा ‘फागुन २३ को आदेश सर्वोच्च अदालतबाट यसअघि प्रतिपादित उल्लिखित नजिर वा सिद्धान्तको प्रतिकूल गम्भीर त्रुटिपूर्ण रहेकाले त्रुटिपूर्ण आदेश बदर गरी संविधान र प्रचलित राजनीतिक दलसम्बन्धी ऐन बमोजिम एकीकरण भएको दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) यथावत् कायम रहने ठहर फैसला गरी इन्साफ दिलाई पाउँ’ भनिएको छ।

माओवादी केन्द्रका अध्यक्ष दाहाल नेता देव गुरुङ र कानुन व्यवसायीसहित पुनरावलोकनका लागि सर्वोच्च अदालत पुगेका थिए। 

सर्वोच्च अदालतको फैसलापछि माओवादी केन्द्रले पटक–पटक पुनरावलोकनमा जाने विषयमा कानुन व्यवसायीसँग छलफल गरेको थियो।

 

प्रकाशित: Mar 30, 2021| 07:03 मंगलबार, चैत १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।