आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • घनश्याम भुसालकाे ११ पन्ने स्पष्टीकरण : ओलीलाई भने- तपाईं दण्डित हुनु हुनेछ

घनश्याम भुसालकाे ११ पन्ने स्पष्टीकरण : ओलीलाई भने- तपाईं दण्डित हुनु हुनेछ

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले आज स्पष्टीकरण बुझाएका छन्। 
 |  मंगलबार, चैत १७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १७, २०७७

काठमाडौं - नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले आज स्पष्टीकरण बुझाएका छन्। 

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणमा भुसालले आज ११ पन्ने जवाफ पेस गरेका हुन्। 

पत्रमा उनले अध्यक्ष ओलीलाई भनेका छन्, ‘पार्टी विभाजन गर्न खोज्दै हुनु हुन्छ ? तपाईँ अहिले हिँडिरहेको बाटो रहस्यमय छ । कसको बलमा, कसका लागि यो सबै गर्दै हुनुहुन्छ ?’

यस्तै उनले पार्टी वैचारिक, सैद्धान्तिक, राजनीतिक र सांगठानिक हिसाबले विसर्जनतर्फ जाँदै गएको बताएका छन्। 

‘यस पार्टीको सदस्य वैचारिकरुपले कहाँ उभिनु पर्छ/उभिन्छ भन्ने कुरा हराउँदै गएको छ,’ पत्रमा भनिएको छ, ‘हरेक व्यक्ति आफ्ना निजी फाइदा/बेफाइदा हेरेर सामाजिक तथा राजनीतिक विषयमा धारणा बनाउँछ। अर्थात् व्यक्तिवाद नै विचारधारा बन्दै छ।’

यस्तै नेता भुसालले ओलीलाई व्यक्तिवादको घोर नशाबाट ब्युँझन अनुरोध गरेका छन्। 

‘यस पार्टीलाई अगाडि बढ्न दिनुस्। अझै पनि व्यक्तिवादको घोर नशाबाट ब्युँझनुस्। क्रान्ति त अघि बढ्छ, बढ्छ। आज वा भोलि वा पर्सि तपाईं दण्डित हुनु हुनेछ,’ उनले भनेका छन्।

वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावलले स्पष्टीकरण बुझाएपछि उनीहरूमाथि कारबाहीस्वरुप ओलीले निलम्बन गरेका छन्।

प्रकाशित: Mar 30, 2021| 06:35 मंगलबार, चैत १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।