आइतबार, भदौ १४, २०८३

नेकपा पुनरावलोकनका लागि सर्वोच्च पुगे दाहाल

फागुन २३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत रुपमा फर्काउने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनका लागि निवेदन दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सर्वोच्च पुगेका छन्।
 |  मंगलबार, चैत १७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १७, २०७७

काठमाडौं - फागुन २३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत रुपमा फर्काउने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनका लागि निवेदन दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सर्वोच्च पुगेका छन्।

माओवादी केन्द्रका अध्यक्ष दाहाल नेता देव गुरुङ र कानुन व्यवसायीसहित पुनरावलोकनका लागि सर्वोच्च पुगेका हुन्।

सर्वोच्च अदालतको फैसलापछि माओवादी केन्द्रले पटक-पटक पुनरावलोकनमा जाने विषयमा कानुन व्यवसायीसँग छलफल गरेको थियो।

अध्यक्ष दाहालले पुनरावलोकनमा जानुअघि बिहान आफ्नै निवास खुमलटारमा आफू निकट केही स्थायी कमिटीका सदस्यसँग पनि छलफल गरेका थिए।

प्रकाशित: Mar 30, 2021| 06:01 मंगलबार, चैत १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।