कैलाली - कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधन भएको छ।
उपचारका क्रममा काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा आज बिहान रावलको निधन भएको हो।
लामो समयदेखि उच्च रक्त चापले ग्रसित रावललाई चार दिनअघि ब्रेन हेमब्रेज भएको थियो।
उनलाई कोहलपुर मेडिकल कलेज हुँदै थप उपचारका लागि काठमाडौं लगिएको थियो।
रावल नेकपा एमालेबाट गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका थिए।