आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मापसे जाँच गर्न प्रहरीलाई ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान

मापसे जाँच गर्न प्रहरीलाई ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान

डोटीमा मादक पदार्थ सेवन गरे/नगरेका बारेमा जाँच गर्नका लागि प्रहरीलाई सजिलो होस् भन्ने उद्देश्यले ९ थान ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान गरिएको छ। 
 |  मंगलबार, चैत १७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १७, २०७७

डोटी - डोटीमा मादक पदार्थ सेवन गरे/नगरेका बारेमा जाँच गर्नका लागि प्रहरीलाई सजिलो होस् भन्ने उद्देश्यले ९ थान ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान गरिएको छ। 

जिल्ला स्वास्थ्य कार्यालय डोटीले जिल्ला प्रहरी कार्यालय डोटीलाई उक्त ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान गरेको हो। 

सवारी चालकले मापसे गरी सवारीसाधन चलाएको छ/छैन भन्ने विषयमा जानकारी लिनका लागि सजिलो होस् भन्ने उद्देश्यले उक्त मेसिन प्रदान गरिएको जिल्ला स्वास्थ्य प्रमुख रमेश मलासीले जानकारी दिए। 

जिल्लामा मादक पदार्थ सेवन गरी सवारी चलाउनेको संख्या बढ्दै गएको र सोही कारणले सवारी दुर्घटना बढ्न थालेपछि उनीहरूले कति मात्रामा मादक पदार्थ सेवन गरेको छ भन्ने विषयमा जानकारी लिन उक्त मेसिनले अब जाँच गर्न सहज हुने जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए। 

‘मापसे गरी सवारी चलाउनेको संख्या बढ्दै गएको पाइयो, अब मेसिनबाट मापसे कति गरेको छ भन्ने सहजै पत्ता लाग्ने र कारबाही गर्न पनि सजिलो हुने भएको छ,’ उनले भने। 

यसैगरी सडक दुर्घटना न्यूनीकरण तथा महामारी नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेशको एक मात्र पहाडी जिल्लाको भीमदत्त राजमार्गस्थित डोटीको जोरायल गाउँपालिका-२ बुडरमा स्थापना गरिएको हेल्थ डेस्कलाई पनि दुई थान ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान गरिएको छ। 

एक थान स्वास्थ्य कार्यालयमै राखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। उक्त राजमार्गमा सञ्चालन हुने सवारीसाधनका चालकलाई दैनिकरूपमा उक्त मेसिनद्वारा मापसे गरे÷नगरेका बारेमा जानकारी लिन थालिएको छ। रासस

प्रकाशित: Mar 30, 2021| 05:39 मंगलबार, चैत १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।