काठमाडौं - गत चैत ७ गते बसेको नेकपा एमालेको केन्द्रीय कमिटीले स्पष्टीकरण सोधिएका एमालेका दुई जना नेता सुरेन्द्र पाण्डे र घनश्याम भुसालले आज स्पष्टीकरण बुझाउन लागेका छन्।
पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपीशर्मा ओलीले सोमबार दोस्रो पटक पुनः स्पष्टीकरण सोधेका थिए। तर, उनीहरूले पहिलोपटक नै सोधिएको स्पष्टीकरणका बारेमा जवाफ दिन लागेका हुन्।
वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावलले स्पष्टीकरण बुझाएपछि उनीहरूमाथी कारवाही स्वरुप ओलीले निलम्बन गरेका छन्।
नेता पाण्डे र भुसालको स्पष्टीकरणमा के विषय उल्लेख गरिएको छ भन्ने सार्वजनिक भइसकेको छैन।