सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निलम्बनपछि आन्तरिक रणनीति बनाउँदै नेपाल, आज स्थायी कमिटी सदस्यहरूसँग छलफल गर्दै

निलम्बनपछि आन्तरिक रणनीति बनाउँदै नेपाल, आज स्थायी कमिटी सदस्यहरूसँग छलफल गर्दै

 एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूसहित नेता भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल आन्तरिक रणनीति बनाउन छलफल गर्दैछन्।
 |  मंगलबार, चैत १७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १७, २०७७

काठमाडौं - एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूसहित नेता भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल आन्तरिक रणनीति बनाउन छलफल गर्दैछन्।

उनले आज अब कसरी अगाडि बढ्ने भन्ने विषयमा आफू निकटका स्थायी कमिटीका सदस्यहरूसँग छलफल गर्न लागेको नेपालको सचिवालयले जनाएको छ।  

नेता नेपालले आजै दिउँसो १२ बजे आफ्नो समूहका स्थायी कमिटीका सदस्यहरूसँग छलफल गर्न लागेका हुन्। 

ओलीले निलम्बन गरेपछि अब नेकपा एमालेभित्रको आन्तरिक संघर्ष निकै चुलिने देखिएको छ।

समानान्तर कमिटी विस्तार गर्दै लगिरहेको माधव-झलनाथ पक्षले अब गाउँ कमिटीसम्म कमिटी पुनर्गठन गर्ने रणनीतिक अघि सार्ने देखिएको छ।

प्रकाशित: Mar 30, 2021| 03:37 मंगलबार, चैत १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।