आइतबार, भदौ १४, २०८३

नख्खुमा बर्ड फ्लु : डेढ हजार बढी पशुपक्षी नष्ट

ललितपुर महानगरपालिका-१४ को नख्खुमा कृषकले पालेका पशुपक्षीमा बर्ड फ्लु रोग देखिएको छ । 
 |  मंगलबार, चैत १७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १७, २०७७

काठमाडौं - ललितपुर महानगरपालिका-१४ को नख्खुमा कृषकले पालेका पशुपक्षीमा बर्ड फ्लु रोग देखिएको छ । 

पशु सेवा विभागका सूचना अधिकारी डा चन्द्र ढकालले नख्खुमा रहेका कृषकले पालेका हाँस, कुखुरा, बट्टाईको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा पीसीआर परीक्षण गर्दा बर्डफ्लु रोग गत शुक्रबार देखिएको जानकारी दिए। 

नेपालमा यसवर्ष बर्ड फ्लु रोग देखिएको यो छैटौं पटक हो। यसअघि सुर्खेत, जाजरकोट तथा काठमाडौंको तारकेश्वरको तीन ठाउँ बर्डफलु देखिएको थियो। 

बर्ड फ्लु रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलिन नदिन त्यहाँ रहेका पशुपक्षीलाई तत्काल नियन्त्रणमा लिनका लागि सङ्घ, प्रदेश र स्थानीय तहबाट दक्षजनशक्ति परिचालन गरिएको र त्यस क्षेत्रलाई पूर्ण निःसङ्क्रमणसमेत गरिसकेको जानकारी दिए।

उक्त क्षेत्रका ५१६ हाँस, ८५४ स्थानीय कुखुरा, १५४ बट्टाई, ९४४ वटा अण्डा, ३३५ केजी दाना नष्ट गरिएको छ। रासस

प्रकाशित: Mar 30, 2021| 01:12 मंगलबार, चैत १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।