आइतबार, भदौ १४, २०८३

ट्राफिक नियम उल्लंघन गर्ने ३७ जना नियन्त्रणमा

विराटनगरमा सोमबार होलीका दिन ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउने ३७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 
 |  सोमबार, चैत १६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत १६, २०७७

विराटनगर- विराटनगरमा सोमबार होलीका दिन ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउने ३७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रहरीले मादक पदार्थ सेवन गर्ने, हेल्मेट नलगाई सवारी कुदाउने, तीन जना सवार गर्ने र तीव्र गतिमा सवारी कुदाउनेलाई नियन्त्रणमा लिइएको जनाएको छ।

प्रहरीले ३७८ वटा सवारी पनि नियन्त्रणमा लिएको छ। विराटनगर महानगरपालिका क्षेत्रबाट मात्र २१६ वटा सवारी नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले बताए। 

मापसे गरेर सवारी चलाउँदा हुनसक्ने दुर्घटनालाई नियन्त्रण गर्न बिहानैदेखि सडकमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको थियो।

विराटनगर सहितमोरङका ठाउँठाउँमा गरिएको चेकिङका क्रममा सवारी र सवारी चालकलाई नियन्त्रणमा लिइएको खड्काले बताए। 

प्रकाशित: Mar 29, 2021| 13:30 सोमबार, चैत १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।