आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निलम्बनमा परेपछि एमाले वरिष्ठ नेता नेपालले भने– पार्टी छिन्नभिन्न बनाउने ओलीको चाल

निलम्बनमा परेपछि एमाले वरिष्ठ नेता नेपालले भने– पार्टी छिन्नभिन्न बनाउने ओलीको चाल

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीले कम्युनिष्ट पार्टीलाई छिन्नभिन्न बनाउन खोजेको आरोप लगाएका छन्।
 |  सोमबार, चैत १६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत १६, २०७७

काठमाडौं– नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीले कम्युनिष्ट पार्टीलाई छिन्नभिन्न बनाउन खोजेको आरोप लगाएका छन्।

आफू र पार्टी उपाध्यक्ष भीम रावललाई अध्यक्ष ओलीले एमालेबाट ५ महिनाका लागि निलम्बन गरेपछि नेपालको यो प्रतिक्रिया आएको हो। 

‘केपी ओलीको यो कदम निरंकुश, स्वेच्छाचारी र अधिनायकवादी कम्युनिस्ट आन्दोलनलाई क्षतविक्षत बनाउने र तहसनहस बनाउने सोचको उपज हो। यो निर्णय म अस्वीकार र निन्दा गर्छु। कम्युनिस्ट पार्टीलाई छिनभिन्न बनाउने केपी ओलीको षड्यन्त्रपूर्ण चालको रूपमा बुझेको छु। यो षड्यन्त्रलाई विफल पार्न देशभरिका कार्यकर्तालाई आह्वान गर्छु। साथै क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणका लागि आह्वान गर्छु। महान् अभियानमा संलग्न हुन र पुनर्गठन गर्न आग्रह गर्छु,’ नेपाल समयसँग संक्षिप्त कुराकानी गर्दै भने।

अध्यक्ष ओलीले आज वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावल पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेका छन्। 

ओलीले उनीहरूलाई ६ महिनाका लागि निलम्बन गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

निलम्बनपछि नेपाल र रावल छलफलमा जुटेका छन्। नेपालको सचिवालयका अनुसार अहिले दुवै नेताले वक्तव्व जारी गर्ने तयारी गरेका छन्। 

प्रकाशित: Mar 29, 2021| 12:11 सोमबार, चैत १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।