आइतबार, भदौ १४, २०८३

प्रदेश–१ माओवादी केन्द्र संसदीय दलमा आङ्वो

नेकपा माओवादी केन्द्र प्रदेश–१ को संसदीय दलको नेतामा इन्द्र आङ्वोलाई चयन गरिएको छ। सोमबार बसेको संसदीय दलको बैठकले आङ्वोलाई नेतामा चयन गरेको हो।
 |  सोमबार, चैत १६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत १६, २०७७

विराटनगर– नेकपा माओवादी केन्द्र प्रदेश–१ को संसदीय दलको नेतामा इन्द्र आङ्वोलाई चयन गरिएको छ। सोमबार बसेको संसदीय दलको बैठकले आङ्वोलाई नेतामा चयन गरेको हो।

बैठकले उपनेतामा रामकुमार राई, प्रमुख सचेतकमा झलकसिंह दर्लामी र सचेतकमा शौभाग्यवति देवी राईलाई चयन गरेको छ।

बैठकले माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका माओवादी दलका नेता टंक आङबुहाङलाई कारबाही गर्ने निर्णय पनि गरेको छ। उनको कारबाहीका लागि स्पष्टीकरण सोध्ने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ।

एमाले र माओवादी केन्द्र एकीकरणपूर्व दलको नेता बनेका आङवुहाङ एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्र नेताविहिन भएको थियो। आङवुहाङ अहिले आर्थिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएका छन्। सो मन्त्रालयको नेतृत्व यसअघि आङ्वोले गरेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने निर्णयपछि आङ्वोले मुख्यमन्त्री शेरधन राईको विरुद्धमा अविश्वास प्रस्तावका लागि हस्ताक्षर संकलन चलाएको आरोपमा मन्त्रीपदबाट पुस ११ गते बर्खास्त गरिएको थियो। प्रदेश १ मा माओवादी केन्द्रका १६ जना सांसद छन्।


 

प्रकाशित: Mar 29, 2021| 11:56 सोमबार, चैत १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।