आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनालाई बेवास्ता गर्दै बुटवलमा मनाइयो होली (तस्बिरहरु)

कोरोनालाई बेवास्ता गर्दै बुटवलमा मनाइयो होली (तस्बिरहरु)

तराईका जिल्लाहरुमा सोमबार होली पर्व मनाईदै छ। कोरोना महामारीका बीच लुम्बिनी प्रदेशका तराईका जिल्लाहरुमा पनि धुमधामसँग यो पर्व मनाइयो।
 |  सोमबार, चैत १६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत १६, २०७७

बुटवल- तराईका जिल्लाहरुमा सोमबार होली पर्व मनाईदै छ। कोरोना महामारीका बीच लुम्बिनी प्रदेशका तराईका जिल्लाहरुमा पनि धुमधामसँग यो पर्व मनाइयो।

अघिल्लो वर्षको तुलनामा भने सडकमा मानिसहरुको संख्या केही कम देखिन्छ।

गत वर्ष कोरोना महामारीका कारण होली पर्व मनाइएको थिएन। यो वर्ष पनि प्रशासनले भिडभाड नगर्न निर्देशन जारी गरे पनि सर्वसाधरण भने होलीमा रमाउन छाडेनन्। बिहानसम्म सुनसान बनेको बुटवल बजार दिउँसोदेखि एकाएक रंगिन बनेको हो।

बुटवलको योगीकुटी, मिलनचौक, देविनगर, गोलपार्कमा नाँचगान गरेर एकापसमा रंग दलेर होली मनाए।

रुपन्देहीको तिलोत्तमा, सैनामैना र देवदमा पनि होली पर्व मनाइएको हो। होलीलाई मध्यनजर गरेर रुपन्देहीको सुरक्षा व्यवस्था कडा पारिएका छ। 

 

प्रकाशित: Mar 29, 2021| 09:42 सोमबार, चैत १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।