आइतबार, भदौ १४, २०८३

शुक्रबारसम्म देशभरका शिक्षण संस्था बन्द रहने

देशभरका शिक्षण संस्था आगामी शुक्रबारसम्म बन्द गर्ने निर्णय सरकारले गरेको छ। 
 |  सोमबार, चैत १६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत १६, २०७७

काठमाडौं– देशभरका शिक्षण संस्था आगामी शुक्रबारसम्म बन्द गर्ने निर्णय सरकारले गरेको छ। 

प्रदूषण बढेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस्तो निर्णय गरेको हो। 

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा आज बसेको आकस्मिक बैठकले मंगलबारदेखि शुक्रबारसम्म सबै शिक्षण संस्था बन्द गर्ने गर्ने निर्णय गरेको हो।

वायुमण्डलमा देखिएको प्रदूषण र प्रतिकूल मौसमका कारण शिक्षण संस्था बन्द गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने, ‘प्रदूषणका कारण विद्यार्थीको स्वास्थ्यमा समस्या देखिएपछि विद्यालय बन्द गर्नुपरेको हो।’  वायुमा धूलो, धुवाँलगायत प्रदूषणको मात्रा बढेकाले विद्यालय आउन–जान नै समस्या हुने स्थिति भएकाले विद्यालय बन्द गर्नुपरेको उनको भनाइ छ।

आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले बढ्दो प्रदूषणका कारण केही दिन विद्यालय बन्द गर्न लागिएको जानकारी दिएका थिए।

प्रकाशित: Mar 29, 2021| 09:03 सोमबार, चैत १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।