काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ हजार ५२० जना स्वास्थ्यकर्मीको समायोजन टुंग्याएको छ।
मन्त्रालयका सहसचिव दामोदर रेग्मीका अनुसार २ हजार ४ सयभन्दा बढीले समायोजनका लागि निवेदन दिएकोमा १ हजार ५२० जनाको मात्रै समायोजन टुंगिएको हो।
बाँकी सबैको प्रक्रिया तथा कागजात नपुगेकाले समायोजन टुंगो लाग्न नसकेको उनले बता । मन्त्रालयले सोमबार समायोजन सम्पन्न भएका कर्मचारीको विवरण वेबसाइटमा सार्वजनिक गरेको छ।
प्रदेश र स्थानीय तहको सहमतिअनुसार कर्मचारीहरु एक प्रदेशबाट अर्को प्रदेश, प्रदेशबाट स्थानीय तह र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समायोजन तथा मिलान गर्न सकिने व्यवस्था गरेको हो।