आइतबार, भदौ १४, २०८३

सर्वोच्च अदालत परिसरमा दुई वकिलबीच मुक्का हानाहान 

सर्वोच्च अदालतमा दुई जना अधिवक्ताबीच मुक्का हानाहान भएको छ।
 |  सोमबार, चैत १६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत १६, २०७७

काठमाडौं– सर्वोच्च अदालतमा दुई जना अधिवक्ताबीच मुक्का हानाहान भएको छ। आज सोमबार दिउँसो अधिवक्ताद्वय किरण जोशी र प्रमोद गुप्ताबीच हानाहान भएको हो। 

व्यक्तिगत लेनदेनको विषयलाई लिएर सर्वोच्च र नेपाल बार एसोसिएसनको गेटमा उनीहरुबीच हात हालाहाल भएको थियो।

आफूले पटकपटक गुप्तासँग पैसा माग्दा नदिएपछि विवाद भएको जोशीको भनाइ छ। आफूसँग ५ वर्षअघि लिएको एक लाख रुपैयाँ फिर्ता गर्न आनाकानी गरेपछि गुप्तासँग विवाद भएको जोशीले बताए। 

आज अदालत परिसरमा रकम माग्न खोज्दा उल्टै विवाद गरेपछि मुक्का हानाहान भएको उनले सुनाए।  विवादकै बीच हात हालाहाल भएपछि अरु वकिलले छुट्याएका थिए।

अर्का झगडिया गुप्ता भने अदालत परिसरबाट हिँडिसकेकाले उनको कुरा सुन्न पाइएन।

प्रकाशित: Mar 29, 2021| 08:16 सोमबार, चैत १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।