ललितपुर– फागु पूर्णिमा (होली) लाई मर्यादित एवं सुरक्षित बनाउन ललितपुर जिल्लाको १३ स्थानमा महानगरीय प्रहरी परिसर ललितपुरले यापिड टेष्ट किटको प्रयोग गरी सवारी चालकहरूमा लागूऔषध सेवन परीक्षणको सुरुवात गरेको छ।
होलीको दिन आइतबार लागूऔषध सेवन परीक्षण किट प्रयोग गरिएकोमा ३ जनाको नतिजा पोजेटिभ आएको थियो। सवारी साधन जाँचको क्रममा १६ जनालाई नियन्त्रणमा लिनुको साथै ४ सय ३५ जनालाई ट्राफिक कारबाही गरी १ सय ६५ वटा सवारी साधनलाई होल्ड गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।