आइतबार, भदौ १४, २०८३

बागलुङ घटनामा योजनाबद्ध षड्यन्त्र छ : कांग्रेस

नेपाली कांग्रेसले बागलुङको बल्देधुरीमा आइतबार भएको अमानवीय घटना निन्दनीय रहेको भन्दै दोषीमाथि अविलम्ब कारबाही गर्न माग गरेको छ।
 |  सोमबार, चैत १६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत १६, २०७७

काठमाडौं– नेपाली कांग्रेसले बागलुङको बल्देधुरीमा आइतबार भएको अमानवीय घटना निन्दनीय रहेको भन्दै दोषीमाथि अविलम्ब कारबाही गर्न माग गरेको छ।

बल्देधुरीमा होली खेल्ने क्रममा आइतबार प्रकाश कुँवर र दीपक नेपालीको ज्यान गएको थियो। कुँवर कांग्रेस बागलुङका जिल्ला सदस्यसमेत हुन्। 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन्, ‘होली खेल्ने क्रममा भएको असमझदारी र आवेगको परिणाममा दुई युवकको हत्या भएको हो या यसका पछिल्तिर योजनाबद्ध षड्यन्त्र छ, यसको गहिरो अनुसन्धान गर्न तथा दोषीलाई अविलम्ब पक्राउ गर्न कांग्रेस सरकारसमक्ष माग गर्दछ।’

कांग्रेसले प्रहरी अनुसन्धान तीव्र बनाएर दोषी उम्कन नदिन माग गरेको छ।

शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘दुवै युवकको शव भीरबाट करिब चार सय मिटर तल भेटिनुले हत्यापछि फालिएको या भीरबाट धकेलेर हत्या गरिएको स्थिति देखिन्छ।’  

यसैबीच घटनाको वास्तविक विवरण लिन, स्थानीयवासीसँग संवाद गर्न र जीवन गुमाएका युवाका परिवारजन भेट्न नेपाली कांग्रेस जिल्ला सभापति दीपेन्द्रबहादुर थापा र पूर्व सभापति प्रकाश शर्मा पौडेलसहित पार्टीको टिम घटनास्थलतर्फ गएको छ। 

बागलुङ घटना : झगडा मिलाउन खोज्नेकै हत्या

प्रकाशित: Mar 29, 2021| 06:52 सोमबार, चैत १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।