शुक्रबार, असोज ९, २०८३

सुनको मूल्य बढ्यो

साताको दोस्रो दिन नेपाली बजारमा सुनको भाउ आज दुई सय रुपैयाँले उकालो लागेको छ।
 |  सोमबार, चैत १६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत १६, २०७७

काठमाडौं - साताको दोस्रो दिन नेपाली बजारमा सुनको भाउ आज दुई सय रुपैयाँले उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ८६ हजार ५ सय रुपैयाँ तोकिएको छ।

हिजो फागु पर्वको अवसरमा सार्वजनिक बिदा दिइएकाले सुनको भाउ निर्धारण गरिएको थिएन। 

आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँमा घटेको महासंघले जनाएको छ। चाँदी तोलामा १२ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ।

प्रकाशित: Mar 29, 2021| 06:46 सोमबार, चैत १६, २०७७
प्रतिक्रिया दिनुहोस्