शुक्रबार, असोज ९, २०८३

महालक्ष्मी विकास बैंकको १९ औं साधारणसभा सम्पन्न

 |  सोमबार, चैत १६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत १६, २०७७

काठमाडौं– महालक्ष्मी विकास बैंकले १३ चैतमा आफ्नो १९ औँ वार्षिक साधारणसभा भिडियो कन्फरेन्समार्फत सम्पन्न गरेको छ। 

उक्त साधारणसभामा बैंकको संचालक समितिले प्रस्ताव गरे अनुसार सेयरधनीहरुलाई संस्थाको आर्थिक वर्ष २०७७–०७८ को मुनाफाबाट ८.८० प्रतिशत बोनस सेयर तथा ०.४६ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि) गरी जम्मा ९.२६ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिएको छ।

साथै साधारण सभाबाट मर्जर तथा प्राप्तिको प्रस्तावलाई खुला राख्दै पुँजीगत आधारलाई अझ थप सुदृढ गर्ने उद्देश्यले सो प्रस्तावलाई समेत पारित गरेको छ।
 

प्रकाशित: Mar 29, 2021| 05:58 सोमबार, चैत १६, २०७७
प्रतिक्रिया दिनुहोस्