काठमाडौं– पञ्चकन्या फाउण्डेसन सामाजिक क्रियाकलापहरुमा सहभागी हुने एउटा संस्था हो, जुन पञ्चकन्या ग्रुपअन्तर्गत निर्माण सामग्रीहरुको उत्पादन तथा विभिन्न व्यापारिक क्षेत्रमा सन् १९७२ देखि नै अग्रणी रुपमा रहँदै आएको छ।
अजिस पनि एउटा सामाजिक क्षेत्रमा पाको उमेरका मानिसहरुलाई स्वस्थ तथा सुखमय जीवनयापन गर्नका लागि उनीहरुमा भएको ज्ञान, सीप र अनुभवलाई प्रवद्र्धन गर्न मद्दत पुर्याउने संस्था हो। वृद्धवृद्धाहरुको असाधारण जीवनगाथा र अनुभव उजागर गर्नको लागि उपयुक्त स्थान उपलब्ध गराउने उद्देश्यले यी दुई संस्थाबीचमा एक सम्झौता भएको छ।
साझेदारीको मुख्य उद्देश्य युवा पुस्ता र वृद्धवृद्धाहरुबीचको पुस्तागत तथा सांस्कृतिक दूरी कम गर्नु र भविष्यमा समेत प्राचीन परम्परालाई निरन्तरता दिनको लागि सहयोग पुर्याउनु रहेको बताइएको छ।
यसको प्रत्येक श्रृंखलाले पाको उमेरका बुढापाकाहरुको असाधारण जीवनगाथा र व्यक्तिगत भोगाइबारेमा भावी पिँढीलाई त्यसतर्फ प्रोत्साहित गर्न सहयोग गर्नेछ। यसको श्रृंखलाहरु नेपाली, नेवारी तथा अंग्रेजी भाषामा रेकर्ड गर्ने गरिएको छ।