झापा - झापामा अझै पनि ५५३ हात्तीपाइले रोगका बिरामी रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ।
कार्यालयका अनुसार जिल्लामा सबैभन्दा बढी झापा गाउँपालिकाको कुमरखोदमा ३२ जना हात्तीपाइले रोगका बिरामी छन्।
हात्तीपाइले रोग निवारण कार्यक्रमका फोकल पर्सन जीवन चौलागाईंले गत वर्ष गरिएको सर्वेक्षणको तथ्याङ्कअनुसार खट्टा सुन्निएका ७२, हाइड्रोसिल भएका ३७२, हात र स्तन सुन्निएका ११० जना रहेको जानकारी दिए।
उनले यही चैत २० गते १०औं पटकको हात्तीपाइले रोग निवारणका लागि औषधि खुवाउने कार्यक्रम जिल्लामा शुभारम्भ गरिने बताए।
९ लाख ३४ हजार ७०० जनसंख्या रहेको जिल्लामा यस वर्ष ६०० स्वास्थ्यकर्मी र ६०० स्वयंसेवक परिचालन गरी आठ लाख १६ हजार ५०० जनालाई औषधि खुवाउने लक्ष्य लिइएको छ। रासस