सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • होली खेल्दा बागलुङमा झडप, कांग्रेस जिल्ला सदस्यसहित दुई जनाको मृत्यु

होली खेल्दा बागलुङमा झडप, कांग्रेस जिल्ला सदस्यसहित दुई जनाको मृत्यु

होली खेल्ने क्रममा झडप हुँदा बागलुङमा २ जनाको मृत्यु भएको छ।
 |  आइतबार, चैत १५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत १५, २०७७

पोखरा- होली खेल्ने क्रममा झडप हुँदा बागलुङमा २ जनाको मृत्यु भएको छ। निसिखोला र बडीगाड गाउँपालिकाको बीचमा पर्ने बल्देको धुरी भन्ने ठाउँमा आइतबार साँझपख झडप भएको थियो। 

मृत्यु हुनेमा नेपाली कांग्रेस बागलुङ जिल्ला कार्यसमिति सदस्य प्रकाश कुँवर र कांग्रेसका क्रियाशील सदस्य दीपक परियार रहेको निसीखोला गाउँपालिका वडा नम्बर ७ अध्यक्ष तेजेन्द्र कुँवरले जानकारी दिए। 

घटनामा १०, १२ जना सम्पर्कमा नआएको खबर आफूले पाएको वडाध्यक्ष कुँवरले बताए। उनले भने,‘रमाइलोका लागि युवाहरु भेला हुने ठाउँ हो, झडपपछि मृत्यु भएको खबर पाएको छु। के भएको हो, अझै बुझ्न पाएको छैन।’ 

सामान्य विवाद हुँदा झडप भएको र पछि विवादले राजनीतिक रुप लिएको स्थानीयले बताएका छन्। स्थानीय धनबहादुर बुढाको नेतृत्वमा आएको टोलीले आक्रमण गरी घाइते बनाएर कुँवर र परियारलाई खोल्सामा फालेको प्रत्यक्षदर्शी रुपेश श्रेष्ठले बताएका छन् । 

स्थानीयले खोज्दै जाने क्रममा दुवैजनालाई मृत फेला पारेका थिए। उनीहरु दुवैजना निसिखोला गाउँपालिका ७ राजकुट निवासी हुन्। घटनाका बारेमा जानकारी हुनासाथ इलाका प्रहरी कार्यालय बुर्तिबाङ र जिल्ला प्रहरी कार्यालयबाट टोली खटाइएको बागलुङका डिएसपी इकवाल हवारीले बताए। घटना साँझ ५ बजेतिरको हो।

उनले भने, ‘पिकनिक गएका युवाबीच झडप भएको भन्ने सुन्नमा आएको छ, हाम्रो टोली घटनास्थलमा पुगिसकेको छ। तर फोन सम्पर्क हुन सकेको छैन ।’ दुई जनालाई भीरबाट खसाइदिएको भन्ने प्रारम्भिक सूचना प्राप्त भए पनि विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए ।

प्रकाशित: Mar 28, 2021| 16:11 आइतबार, चैत १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।