सोमबार, भदौ १५, २०८३

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।
 |  आइतबार, चैत १५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत १५, २०७७

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्रीलाई भेट्न आइतबार सभामुख सापकोटा बालुवाटार पुगेका थिए।

प्रधानमन्त्री र सभामुखबीच के विषयमा कुराकानी भयो भन्नेबारे केही खुलिसकेको छैन। पुस ५ मा प्रतिनिधिसभा विघटन भएदेखि प्रधानमन्त्री र सभामुखबीच टकरावको स्थिति सिर्जना भएको थियो।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि फागुन २३ मा प्रतिनिधिसभाको बैठक बसेको थियो।

त्यसयता संसद चालू अवस्थामा रहे पनि विजनेश पाउन सकिरहेको छैन। केही दिनअघि सभामुख सापकोटाले प्रधानमन्त्रीसँग भेटका लागि समय मागेको बताएका थिए।

प्रकाशित: Mar 28, 2021| 08:48 आइतबार, चैत १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।