सोमबार, भदौ १५, २०८३

बराबरीबाट अघि बढ्न सकेन बेल्जियम

विश्व फिफा वरीयताको शीर्षस्थानमा रहेको बेल्जियम विश्वकप छनोटको खेलमा बराबरीमा रोकिएको छ।
 |  आइतबार, चैत १५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत १५, २०७७

काठमाडौं - विश्व फिफा वरीयताको शीर्षस्थानमा रहेको बेल्जियम विश्वकप छनोटको खेलमा बराबरीमा रोकिएको छ।

चेक रिपब्लिकको मैदानमा शनिबार राति भएको खेलमा बेल्जियम घरेलु टिमसँग १–१ गोलको बराबरीमा रोकिएको हो।

खेलको पहिलो हाफ बराबरी भएपछि ५० औं मिनेटमा चेक रिपब्लिकका लुकास प्रोवोडले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए।

एक गोलले पछि परेको अवस्थामा रोमेलु लुकाकुले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। खेलमा थप गोल हुन सकेन। 

यो बराबरीसँगै समान ४–४ अंक भएको चेक रिपब्लिक र बेल्जियम समूह ई को क्रमशः शीर्ष र दोस्रो स्थानमा छन्।

सोही समूहको बेलारुसले इस्टोनियालाई ४–२ गोलले हराएको छ। 

यससँगै बेलारुस तीन अंक बनाएर तेस्रो स्थानमा छ भने इस्टोनिया पुछारमा छ।
 

प्रकाशित: Mar 28, 2021| 02:54 आइतबार, चैत १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।