सोमबार, भदौ १५, २०८३

अब काठमाडाैंवासीका धारा-धारामा मेलम्चीकाे पानी

फागु पूर्णिमा (होली)को अवसर पारेर सरकारले मेलम्चीको पानी उपत्यकावासीको धारामा वितरण गर्न लागेको हो। 
 |  आइतबार, चैत १५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत १५, २०७७

काठमाडौं – काठमाडौं उपत्यकावासीहरूको वर्षौंदेखिको प्रतीक्षा आज पूरा हुँदै छ। 

फागु पूर्णिमा (होली)को अवसर पारेर सरकारले मेलम्चीको पानी उपत्यकावासीको धारामा वितरण गर्न लागेको हो। 

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का अनुसार आइतबारदेखि उपत्यकाका ८० हजार धारामा पहिलो चरणमा आपूर्ति हुने १७ करोड लिटर पानी वितरण गरिने छ। तर, आज भने चार करोड लिटर पानी मात्र वितरण गरिने केयूकेएलको भनाइ छ।  

मेलम्चीको पानी सुन्दरीजलको प्रशोधन केन्द्रबाट विभिन्न चारवटा ठूला पोखरीहरूमा पुर्याइसकिएको केयूकेएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मिलनकुमार शाक्यले जानकारी दिए। उनका अनुसार महालचौर, अनामनगर, मीनभवन र खुमलटारमा निर्माण भइरहेको ठूला पोखरीबाट पुरानै पाइपलाइनमार्फत् उपभोक्ताको धारामा पानी वितरण हुने छ।

आइतबार चारवटा पोखरीबाट पाटन क्षेत्रका केही भाग, महांकालचौर, बानेश्वर, चाबहिल, न्यूरोड, अनामनगर, मैतीदेवी, मीनभवन, थापाथलीलगायतका क्षेत्रमा पानी वितरण हुने छ। 

एउटा धाराबाट कम्तीमा १० जना उपभोक्ताले पानी उपभोग गर्ने र सोही हिसाबले ८० हजार धाराबाट ८ लाख उपत्यकावासीले पानी पाउने केयूकेएलको अनुमान छ। 

हाल केयूकेएलले दैनिक आठ करोड लिटर पानी वितरण गर्दै आइरहेको छ।

मेलम्चीको पानी १७ करोड गरी जम्मा २५ करोड लिटर पुग्ने छ तर पनि उपत्यकावासीका लागि भने पुनः १८ करोड लिटर पानी अपुग हुने केयूकेएलले जनाएको छ।

मेलम्चीको पानी सुरुमा चक्रपथभित्रका अधिकांश क्षेत्रमा पुरानै धाराबाट पानी वितरण हुने छ। 

नयाँ पाइपलाइनबाट पानी परीक्षणको काम पनि सँगसँगै अघि बढ्ने छ। एक वर्षभित्र उत्यकाका सबै बासिन्दाले पानी पाउने गरी वितरण गरिने पनि शाक्यले जानकारी दिए। मेलम्चीको पानी राजधानीवासीले अहिले नै तिरिरहेको दरमा पाउने छन्। 

मेलम्ची आयोजनाको उद्घाटन राष्ट्रपतिले गर्ने

आयोजनाको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट गराउने योजना रहेको केयूकेएलका सीईओ शाक्यको भनाइ छ। 

उद्घाटन चैत २० गते भृकुटीमण्डपबाट धारा खोलेर हुने छ। 

पहिले उपत्यकावासीको धारामा पानी पठाएर विश्वास प्राप्त भइसकेपछि उद्घाटन गरिने योजना रहेको छ।

प्रकाशित: Mar 28, 2021| 02:14 आइतबार, चैत १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।