सोमबार, भदौ १५, २०८३

होलीको रंगले गर्भवती र बच्चामा पुर्‍याउला हानि!

होली रंगै रंगको पर्व हो। तर, सम्यमित भएर रंग खेलिएन भने यो स्वास्थ्यका लागि हानिकारक हुनसक्छ। होलीमा प्रयोग हुने रंगमा हानिकारक केमिकल हुन्छ। यो गर्भवती महिला र उनको शिशुका लागि निकै हानिकारक हुनेगर्छ।
 |  आइतबार, चैत १५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत १५, २०७७

काठमाडौं - होली रंगै रंगको पर्व हो। तर, सम्यमित भएर रंग खेलिएन भने यो स्वास्थ्यका लागि हानिकारक हुनसक्छ।

होलीमा प्रयोग हुने रंगमा हानिकारक केमिकल हुन्छ। यो गर्भवती महिला र उनको शिशुका लागि निकै हानिकारक हुनेगर्छ।

हाजभोली होलीमा हर्बल कलर्सको प्रयोग बढी हुन्छ। छाला र स्वास्थ्यका लागि हर्बल करल नै ठिक मानिन्छ।

केमिकल युक्त रंगले गर्भवती महिला र उनको शिशुका लागि हानिकारक हुन्छ।  यस्ता रंगले आँखा, छाला र फोक्सोमा हानी पुर्‍याउँछन्।

मोर्डन कलर केमिकल तथा धातुको प्रयोगबाट बनाइन्छ। यिनमा ग्लासका टुक्रा पनि मिलाइएको हुन्छ। लिड अक्साडइड, कपर सेल्फेट जस्ता धातुका कारण आमा र बच्चाको स्वास्थ्यमा थुप्रै हानी पुग्छ। 

चन्दनको पाउडर, पिठो वा मैदालाई मिलाएर रातो रंग बनाइ घरमै हामी होली हेल्नसक्छौं। यो शुद्ध नेचुरल र वास्नादार हुन्छ। गर्भवती महिला तथा साना बालबालीकाले पनि यो रंगको प्रयोग गर्न सक्छन्।

यसका अलावा सिन्दुर युक्त रंगमा मैदा मिलाएर गुलावी रंग बनाउन पनि सकिन्छ। 

हल्दीमा बेसन मिलाएर पहेलो रंग पनि बनाउन सकिन्छ। यस्ता रंगले स्वास्थ्यमा कुनै नकरात्मक असर गर्दैनन्।

यो पटक कोरोनाको पनि डर छ। त्यसैले होली खेल्दा निकै सावधानी अपनाउनु पर्ने देखिन्छ। यस पटक घरमै परीवारका सदस्यहरूसँग मिलेर रमाइलो गर्दै होली खेल्न सकिन्छ।

भीडभाड गरेर वा हुल बाधेर होली खेल्नु कोरोनाका हिसावले पनि जोखिम रहेको जनस्वास्थ्य विद्हरूले बताएका छन्।

प्रकाशित: Mar 28, 2021| 01:33 आइतबार, चैत १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।