सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • त्रिनगर र गड्डाचौकी नाकाबाट भित्रिनेहरुमा कोरोना संक्रमण

त्रिनगर र गड्डाचौकी नाकाबाट भित्रिनेहरुमा कोरोना संक्रमण

त्रिनगर र गड्डाचौकी नाका हुँदै नेपाल भित्रिएकामा कोरोना संक्रमण देखिन थालेको छ। 
 |  शनिबार, चैत १४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत १४, २०७७

कैलाली- त्रिनगर र गड्डाचौकी नाका हुँदै नेपाल भित्रिएकामा कोरोना संक्रमण देखिन थालेको छ। 

भारतका विभिन्न राज्यमा कोभिड–१९ संक्रमण बढेसँगै विभिन्न शहरबाट त्रिनगर र गड्डाचौकी नाका हुँदै नेपाल भित्रिएकाहरुमा कोरोना संक्रमण देखिन थालेको हो।

शनिबार त्रिनगर नाका हुँदै नेपाल भित्रिएका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सो नाका हुँदै नेपाल भित्रिएका १२० जनाको ऐन्टिजेन विधिबाट गरिएको परीक्षणमा १० जनामा संक्रमण देखिएको हो। 

भारतमा संक्रमण दर तीव्र गतिमा फैलिएपछि सीमामा कडाइका साथ चेकजाँच गर्दा हालसम्म ३४ जनामा कोरोना संक्रमण देखिएको सो नाकामा स्थापना भएको हेल्थ डेस्कका इन्चार्ज दिनेश ठकुल्लाले बताए। 

भारतका विभिन्न राज्यमा कोभिड–१९ संक्रमण बढेपछि धनगढी उप–महानगरपालिकाले गौरीफन्टा नाकामा हेल्थ डेस्क स्थापना गरेर चेकजाँचमा कडाइ गरेको छ।

चार दिनयता कञ्चनपुरको गड्डाचौकी नाका हुँदै नेपाल भित्रिएका ८ जनामा संक्रमण देखिएको छ। गड्डाचौकी नाकामा स्थापना भएको हेल्थ डेस्कमा ऐन्टिजेन बिधिबाट गरिएको परीक्षणमा संक्रमण देखिएको हो। चैत ११ गते सो नाका भएर नेपाल भित्रिएका ४८ जनाको ऐन्टिजेन बिधिबाट जाँच गर्दा १ जनामा, १२ गते १०९ जनाको जाँच गर्दा १ जना, चैत १३ गते दिउँसो १२ बजेसम्म ४८ जनाको जाँच गर्दा २ जनामा कोरोनाभाइरस संक्रमण देखिएको थियो।

चैत ११ गतेदेखि १४ गतेसम्म सो नाका हुँदै २ हजार ३१४ जना नेपाल भित्रिएको कञ्चनपुर प्रशासनले जनाएको छ।

कञ्चनपुरको सीमा नाकामा संसदीय टोली

भारतका बिभिन्न राज्यमा कोरोना संक्रमणको दर तीव्र गतिमा फैलिएपछि उच्च जोखिममा रहेको कञ्चनपुरमा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास समितिले अनुगमन गरेको छ।

जिल्लामा सीमा व्यवस्थापन, कोभिड–१९ को सम्भावित जोखिम र नियन्त्रण तथा रोकथामको तयारीको अवस्थाबारे संसदीय टोलीले अनुगमन गरेको हो।

संसद सहयोग परियोजनाको सहयोगमा सुदूरपश्चिम प्रदेशसभा सामाजिक विकास समितिका सभापति कुन्ती जोशी नेतृत्वको संसदीय टोलीले सीमा नाकाको अनुगमन गर्नुका साथै कञ्चनपुरका प्रमुख जिल्ला अधिकार रामकुमार महतो, महाकाली अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी, चिकित्सक, स्वास्थ्यकर्मीसँग छलफल गरेको छ।

छलफल कार्यक्रममा महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले कोरोना संक्रमण बढ्दै गए समस्या हुने भन्दै प्रदेश सरकारले सहयोग गर्नुपर्ने माग गरे। 

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले भारतका विभिन्न प्रान्तमा कोरोना तीव्र गतिमा फैलिएको अवस्थामा कञ्चनपुरको नाका हुँदै ठूलो संख्यामा नेपालीहरु दैनिक भित्रिरहेकोले कोरोनाभाइरस संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाएको बताए। 

उनले भारतबाट नेपाल भित्रिनेको स्वास्थ्य चेक जाँचसहित अभिलेख र ट्राभल हिस्ट्री राखेर निगरानी गरिरहेको बताए।

नाकामा स्थापना भएको हेल्थ डेस्कमा परीक्षणको क्रममा कोरोनाभाइरस पोजेटिभ देखिएकाहरुलाई सुरक्षित तरिकाले अस्पतालको आइसोलेसनमा लग्ने गरेको उनले बताए।

प्रकाशित: Mar 27, 2021| 14:29 शनिबार, चैत १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।