काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७४५ जनाको कोरोना परीक्षण गरिएकोमा ८५ जनाको रिपोर्ट पोजेटिभ आएको हो।
योसहित नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ७५० पुगेको छ।
पछिल्लो २४ घण्टामा ९३ जना संक्रमणमुक्त भएसँगै संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ७२ हजार ४३५ पुगेको छ।
हाल देशभर १ हजार २८८ सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको तथ्यांक प्राप्त भएको मन्त्रालयले जनाएको छ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३ हजार २७ पुगेको छ।