सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राजनीतिक कठिनाइका बेला ओली खेल्न खोज्दै हुनुहुन्छ : रिजाल

राजनीतिक कठिनाइका बेला ओली खेल्न खोज्दै हुनुहुन्छ : रिजाल

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले राजनीतिक वातावरण बिग्रिइरहेका बेला खेल्न खोजेको आरोप लगाएका छन्।
 |  शनिबार, चैत १४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत १४, २०७७

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले राजनीतिक वातावरण बिग्रिइरहेका बेला खेल्न खोजेको आरोप लगाएका छन्।

आफूसँग बहुमत पनि नरहेको र अल्पमत भएकाले पद धरापमा पर्ने सम्भावना पनि कम भएका बेला ओली खेल्न खोजेको नेता रिजालले आरोप लगाए।

‘ओलीसँग सारकारमा पनि बहुमत छैन, तर ओलीलाई विश्वासको मत नदिनेको पनि बहुमत छैन।’ उनले भने, ‘हामीलाई त ओली प्रधानमन्त्री बनेको दिनदेखि नै विश्वाश छैन्, अविश्वासको प्रस्ताव जहाँबाट आए पनि हामी अविश्वासको प्रस्तावको पक्षमा मत हाल्छौँ।’

उनले राजनीतिमा केही प्राविधिक समस्याहरु देखा परेको भन्दै नेता रिजालले जस्तो अवस्था आए पनि कांग्रेसले ओलीलाई विश्वासको मत दिन नसक्ने बताए। उनले भने, ‘अविश्वासको प्रस्ताव आएमा प्रतिपक्षी दलका हिसाबले हाम्रो मत हुन्छ।’

प्रकाशित: Mar 27, 2021| 09:48 शनिबार, चैत १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।