सोमबार, भदौ १५, २०८३

सरकारलाई दिएको समर्थन छिट्टै फिर्ता लिन्छु : दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारलाई दिएको समर्थन छिट्टै फिर्ता लिने बताएका छन्।
 |  शनिबार, चैत १४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत १४, २०७७

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारलाई दिएको समर्थन छिट्टै फिर्ता लिने बताएका छन्।

उनले आफूलाई सरकारलाई दिएको समर्थन फिर्ता नलिन दबाब आइरहेको भए पनि अब छिट्टै समर्थन फिर्ता लिने बताए।

बृहत् नागरिक आन्दोलनले आयोजना गरेको कार्यक्रममा दाहालले भने, ‘मलाई समर्थन फिर्ता नलेउ भन्ने दबाब छ। नैतिक र राजनीति रुपले म अब धेरै दिन रोक्दिन छिट्टै प्रक्रिया अगाडि बढाउछु।’ उनले थपे, ‘अविस्वासको प्रस्ताव अघि बढ्छ, समर्थन फिर्ता हुन्छ र प्रक्रिया अगाडि बढ्छ।’

दाहालले संसद पुनर्स्थापना भएपछि प्रधानमन्त्रीले राजीनामा देलान् र परिस्थिति राम्रो बन्ला भन्ने लागेको र त्यसैअनुसार आफूहरु ढुक्क भएको भन्दै त्यो गल्ती गरिएछ भन्ने अहिले महसुस भएको बताए। उनले भने, ‘सजिलै पार होला भनेर राजनीतिक नेताहरुले रिल्याक्स गर्‍यौँ, त्यो गल्ती भयो हामीले दोस्रो तयारी गर्नुपथ्र्यो त्यहाँ चुकेकै हो।’

दाहआलले सर्वोच्च अदालतले सरकारले संविधान कुन धाराबाट बनेको भन्नेमा पनि अन्योल बनाएको बताए। उनले सर्वोच्चको फैसलाको पुनरावलोकनमा जाने तयारी आफूहरुको रहेकोसमेत जानकारी दिए।

‘हामीले १२ बुदे शान्ति सम्झौता हुँदै संविधान निर्माण कार्यान्वयनसम्म आइयो। तर अहिले हालसम्मको सबै उपलब्धि एम्बुसमा पर्ने अवस्था आएको छ।’ दाहालले भने।

प्रकाशित: Mar 27, 2021| 09:20 शनिबार, चैत १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।