काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीमा आफूहरुका लागि ढोका बन्द गरिएको बताएका छन्।
बृहत् नागरिक आन्दोलनको कार्यक्रममा नेता नेपालले अदालतको फैसलाअनुसार आफूहरु पूर्ववत् रुपमा एमाले भए पनि पार्टीले पूर्व हैसियतमा आफूलाई छिर्न नदिने गरी ढोका बन्द गरिदिएको बताए।
प्रज्ञा भवनमा आयोजित कार्यक्रममा नेपालले भने, ‘पार्टीभित्रको कुरो डबलीमा आएर भन्यो भने कुन दिन त्यहीँबाट पनि घोक्र्याएर पठाइदेलान् भन्ने छ। तर म डराउने वाला त छैन।’
नेता नेपालले ओलीले आफूहरुलाई एकलौटी रुपमा माइनस गरेर गएको गुनासो गरे। ‘ओलीजीले एकलौटी रूपमा माइनस गरेर जानुभयो। उहाँले विधि विधान नमानेर अगाडि हिँड्नु भएको छ।’
नेता नेपालले आफू संसदीय दलको बैठकमा पनि नगएको स्पष्ट पार्दै आफूले पठाएको स्पष्टीकरणमा प्रश्नु उठाइएको बताए।
उनले भने, मैले त हिजो ससदिय दलको बैठकमा जान्न भनेर गईनँ। स्पष्टीकरणको जवाफमा पनि प्रश्न गरिसके, तर म सबै चुनौती सामना गर्न म तयार छु।’
नेता नेपालले आफूलाई सर्वोच्चले घोक्र्याएर पुरानै बाटोमा फर्काएको भन्दै आश्चर्यजनक निर्णय आएको बताए।
अर्को प्रसंगमा उनले नागरिक समाजको प्रसंशा गर्दै प्रतिगमनविरुद्ध आवाज उठाएकोमा धन्यवाद दिए।