सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेता जोशीको निधनप्रति कांग्रेसको शोक प्रस्ताव पारित, तीन दिन पार्टी झन्डा आधा झुकाइने

नेता जोशीको निधनप्रति कांग्रेसको शोक प्रस्ताव पारित, तीन दिन पार्टी झन्डा आधा झुकाइने

पार्टी कार्यालय सानेपामा आकस्मिक बसेको केन्द्रीय समिति बैठकले जोशीको निधनप्रति दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ। बैठकले जोशीको निधमा शोक प्रस्ताव पारित गरेको छ।
 |  शनिबार, चैत १४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत १४, २०७७

काठमाडौं - नेपाली कांग्रेसले नेता नविन्द्रराज जोशीको निधनप्रति गहिरो दु:ख व्यक्त गरेको छ।

पार्टी कार्यालय सानेपामा आकस्मिक बसेको केन्द्रीय समिति बैठकले जोशीको निधनप्रति दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ। बैठकले जोशीको निधमा शोक प्रस्ताव पारित गरेको छ।

बैठकले नेविसंघका पूर्वमहामन्त्री, काठमाडौंमा पूर्वउपमेयर, संविधानसभा सदस्य तथा पूर्वमन्त्रीसमेत रहेका नेता जोशीको निधनले मर्माहत र स्तब्ध भएको कांग्रेसले जनाएको छ।

बैठकपछि कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा विज्ञप्तिमा भनिएको छ, 'नेपाली कांग्रेसले एक कुशल संगठक र सिङ्गो मुलुकले एक क्षमतावान नेतृत्वलाई गुमाएको छ। उहाँको निधनबाट पार्टी र सिंगो मुलुकलाई अपूरणीय क्षति पुगेको छ। नेता जोशीको निधनप्रति नेपाली कांग्रेसको यो आकस्मिक बैठक गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, उहाँको आत्माको चीर शान्तिको कामना साथ शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ।'

त्यस्तै जोशीप्रति सम्मान प्रकट गर्दै चैत १५, १६ र १७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने र उक्त दिनहरुमा शोकका कार्यक्रमहरू बाहेक पार्टीका अरु औपचारिक कार्यक्रमहरु नगर्ने निर्णय गरिएको मुख्य सचिव पौडेलले जानकारी दिएका छन्।

चैत १७ गते मंगलबारका दिन केन्द्र तथा सबै जिल्ला कार्यालयहरु बन्द गर्ने र १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने पनि कांग्रेसले निर्णय गरेको छ।

जोशीको १३औं दिनको पुण्यतिथिमा केन्द्र र सबै जिल्लामा भौतिक दूरी कायम गर्दै शोकसभाको आयोजना गरिने पनि कांग्रेसले जनाएको छ।

मस्तिष्कघात भई एक महिनादेखि नर्भिक अस्पतालमा उपचाररत ५७ वर्षीय जोशीको शुक्रबार राति निधन भएको हो।

प्रकाशित: Mar 27, 2021| 08:14 शनिबार, चैत १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।