सोमबार, भदौ १५, २०८३

मेयर कपका लागि ललितपुरको टिम घोषणा

नेपाल क्रिकेट संघ (क्यान)ले ललितपुर मेयर महिला टी-२० कपको लागि मेयर-११ को टिम सार्वजनिक गरेको छ। 
 |  शनिबार, चैत १४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत १४, २०७७

काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)ले ललितपुर मेयर महिला टी-२० कपको लागि मेयर-११ को टिम सार्वजनिक गरेको छ। 

चैत २१ गतेबाट सुरु हुन लागेको प्रतियोगिताका लागि क्यानले सरस्वती चौधरीको कप्तानीमा अन्तिम टिम सार्वजनिक गरेको हो।

प्रतियोगितामा सम्मिलित हुने बाँकी चार टिम भने पूर्वनिर्धारित छन्। जहाँ केही महिनाअघि देउखुरी मैदानमा सम्पन्न पीएम कपको सेमिफाइनालिस्ट टिमले सहभागिता जनाउने छन्।

सो प्रतियोगितामा प्रदेश १, लुम्बिनी, सुदूरपश्चिम र विभागीय टिम एपीएफ सेमिफाइनलमा पुगेका थिए।

अब चैत २८ गतेसम्म हुने प्रतियोगितामा यिनै पाँच टिमले त्रिविको क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्नेछन्।

सिंगल राउन्डल रोविनमा हुने लिग चरणको खेलबाट उत्कृष्ट बनेका दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछ।

यस्तो छ ललितपुर मेयर-११ को टिम

सरस्वती चौधरी (कप्तान), अनुराधा चौधरी, कविता गौतम, शोभा आले, विमला मगर, विन्दु कटवाल, सुमन खतिवडा, कन्चन श्रेष्ठ, आरती विडारी, अश्मिना कर्माचार्य, केनुका बस्नेत, सृष्टि पौडेल, एलिसा लामिछाने र निशा पराजुली।

प्रकाशित: Mar 27, 2021| 05:20 शनिबार, चैत १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।