सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा तीन जनाको नाम सिफारिस 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा तीन जनाको नाम सिफारिस 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ। उपकुलपतिका लागि १२ जनाको आवेदन परेकोमा नौ जनाको नाम सर्ट लिस्टमा परेको थियो। 
 |  शनिबार, चैत १४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत १४, २०७७

पोखरा - पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ। उपकुलपतिका लागि १२ जनाको आवेदन परेकोमा नौ जनाको नाम सर्ट लिस्टमा परेको थियो। 

कागजात र योग्यताक्रमका आधारमा सर्ट लिस्टमा परेका नौ जनाबाट तीन जनाको नाम सिफारिस गरिएको हो। 

प्रा. डा. डुकबहादुर क्षेत्रीको नाम पहिलो नम्बरमा र क्रमश: डा. ध्रुर्व अधिकारी, प्रा. श्रीकृष्ण श्रेष्ठको नाम सिफारिस गरिएको छ।

सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीको अध्यक्षतामा गठन गरेको सिफारिस समितिले आवेदकमध्येबाट तीन जनाको नाम उपकुलपतिका लागि कुलपति प्रधानमन्त्री केपी शर्मा ओली समक्ष सिफारिस गरेको हो। प्रधानमन्त्रीले एक जनालाई उपकुलपतिमा नियुक्त गर्ने छन्।

डा. क्षेत्री यसअघि पनि कुलपतिको प्रतिस्पर्धामा थिए। ४ वर्ष अगाडि डा. बुद्धिबहादुर थापासँगै उनको नाम पनि सिफारिसमा परेको थियो। त्यतिबेला डा. थापाको पल्ला भारी हुँदा डुकबहादुर पछाडि परेका थिए। 

अर्घाखाँचीमा जन्मेका क्षेत्री प्याथोलोजिस्ट हुन्। स्वास्थ्य सेवाको ११औं तहबाट अवकाशप्राप्त उनी अहिले गण्डकी मेडिकल कलेजमा कार्यरत छन्।

क्षेत्री पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ष्ठानको पदपूर्ति समिति अध्यक्ष हुन्। २०७२ को संविधानमा सरकार मातहत रहेका सबै संगठित संस्थामा कर्मचारीको पदपूर्ति लोकसेवा आयोगले नै गर्ने उल्लेख भएपछि पदपूर्ति समिति भूमिकाबिहीन छ। सिफारिसमा परेका अर्का डा. अधिकारी मुत्ररोग विशेषज्ञ हुन् भने डा. श्रेष्ठ बालरोग विशेषज्ञ हुन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. श्रीकृष्ण श्रेष्ठ, डा. डुकबहादुर क्षेत्र, डा. विदुरबहादुर वस्ती, डा. प्रल्हाद कार्की, डा. सुरेन्द्र शेरचन, डा. ध्रुवबहादुर अधिकारी, डा. भरतबहादुर खत्री, डा. गिरिधारि शर्मा पंगेनी र डा. सरोज शर्माको आवेदन परेको थियो।

समितिले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलो नम्बरमा प्रा. डा. राजेशनाथ गंगोलको नाम सिफारिस गरेको छ। त्यसैगरी, दोस्रो नम्बरमा रेडियोलोजिस्ट प्राडा दानबहादुर कार्कीको नाम सिफारिस गरिएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगल रावलको नाम १ नम्बरमा परेको छ। त्यहाँकै डिन डा. रेशम रानाको दोस्रो नम्बर र अर्का एक जनाको नाम तेस्रो नम्बरमा सिफारिस गरिएको छ।

समितिले ८ चैतमा तीनवटै प्रतिष्ठानका लागि निवेदन परेका मध्येबाट सर्टलिस्ट छनौट गरी सार्वजनिक गरेको थियो। त्यसबेला २१ जनाले निवेदन दिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १३ जनाको नाम छनोट गरेको थियो। 

त्यसैगरी पाटन र पोखरामा १२–१२ जनाले निवेदनदिएको मध्ये ९/९ जनाको नाम सिमितले छनोट गरेको थियो। प्रा. डा. बुद्धिबहादुर थापाको कार्यकाल सकिएपछि प्रतिष्ठानमा उपकुलपतिको खोजी भएको हो। अहिले डिन डा. नरेन्द्रविक्रम गुरुङले निमित्त उपकुलपति भएर काम चलाइरहेका छन्।

प्रकाशित: Mar 27, 2021| 02:53 शनिबार, चैत १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।