सोमबार, भदौ १५, २०८३

आगामी बजेट : कृषिको सिलिङ ३२ अर्ब

सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट निर्माणको तयारी तीव्र थालेको छ। 
 |  शुक्रबार, चैत १३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १३, २०७७

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट निर्माणको तयारी तीव्र थालेको छ। 

राष्ट्रिय योजना आयोगले विभिन्न मन्त्रालयहरूलाई आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि सिलिङ अर्थात् निश्चित रकम बराबरका कार्यक्रम निर्माण गर्न परिपत्र गरिसकेको छ।

सो अनुसार अर्थ मन्त्रालयका साथै अन्य विषयगत मन्त्रालयहरू बजेट निर्माणको तयारीमा जुटेका छन्। 

आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि योजना आयोगले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि करिब ३२ अर्ब रूपैयाँ बराबरको सिलिङ तोकेको छ। 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीले आयोगले तोकेको सिलिङभित्र रहेर मन्त्रालय कार्यक्रम निर्माणमा जुटेको जानकारी दिए। 

‘३२ अर्ब रूपैयाँ बराबरको सिलिङ दिएको छ,’ सचिव कार्कीले भने, ‘विगतदेखि नै सञ्चालनमा रहेका कार्यक्रमसहित केही नयाँ प्रोजेक्टस्तरमा कार्यक्रम गर्ने गरी बजेट निर्माण अन्तिम चरणमा पुगेको छ।’

उनका अनुसार आगामी आर्थिक वर्षमा प्रधानमन्त्री आधुनिकीकरण परियोजनाका कार्यक्रमहरूलाई स्थानीय तहसम्मै विस्तार गर्ने तयारी भइरहेको छ।

चालु आर्थिक वर्ष २०७७÷०७८ मा कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेट ३३ अर्ब रूपैयाँ थियो। 

सोमा करिब ११ अर्ब रूपैयाँ मलका लागि अनुदान शीर्षकमा विनियोजन गरिएको थियो। 

सरकारले मललगायत कृषि क्षेत्रका लागि ठूलो मात्रामा बजेट विनियोजन गर्ने गरेको छ। तर, किसानले समयमै न मल पाउने गरेका छन् न अनुदान नै। 

वास्तविक किसानसम्म अनुदान र मल नपुग्ने गरेको भन्दै कृषि मन्त्रालयको बजेट आलोचित हुँदै आएको छ।

प्रकाशित: Mar 26, 2021| 06:03 शुक्रबार, चैत १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।