सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओली नेतृत्वको सरकार अधिनायकवादतर्फ उन्मुख : प्रकाशमान सिंह

ओली नेतृत्वको सरकार अधिनायकवादतर्फ उन्मुख : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली नेतृत्वको सरकार अधिनायकवादतर्फ उन्मुख भएको बताएका छन्। 
 |  शुक्रबार, चैत १३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १३, २०७७

लहान - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली नेतृत्वको सरकार अधिनायकवादतर्फ उन्मुख भएको बताएका छन्। 

नेवा समाज लहानले शुक्रबार सिरहाको लहानमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले मोबाइलबाट प्रधानमन्त्रीको फोटो खिच्न रोक लगाइनु यसकै उदाहरण भएको बताए।

‘मलाई सुनेरै अचम्म लागेको छ। समाचार सत्य हो भने उनी कस्ता रहेछन् भन्ने देखाउँछ,’ उनले भने, ‘ओलीमा तानाशाही चरित्र देखिँदै जाँदा अहिले फरक मत राख्ने एमालेभित्रको एउटा समूह तथा माओवादी केन्द्र सुरुका दिनमा मौन बसेको र समयमै लगाम लगाउन नसक्दा अहिले यस्तो समस्या आएको हो।’

उनले अहिले जसपाले नैतिकताहीन सरकारसँग माग पूरा गर भन्नु गलत भएको उनको भनाइ छ।

‘हिजो कोही मन्त्री बन्ने, कोही सरकारलाई समर्थन दिएर बसेकै हुन्। दुई तिहाइ हुँदा अहिले उठाएका मुद्दा समाधान गर्न ध्यान दिइएन,’ उनले भने, ‘मधेसका जायज माग पूरा गर्न तयार छौं। बहानाबाजी नगरी ओलीको बिदाइमा प्रस्ट हुन म अपिल गर्न चाहन्छु।’ 

नेकपा माओवादी केन्द्रले सरकारलाई  दिएको समर्थन फिर्ता लिएसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरू हुने उनको भनाइ छ।

प्रकाशित: Mar 26, 2021| 05:49 शुक्रबार, चैत १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।