भोजपुर - सामुदायिक वनमा लागेको डढेलो वस्तीमा पसेपछि भोजपुरमा चार घर जलेर नष्ट भएका छन्।
बिहीबार बेलुका भोजपुरको हतुवागढी गाउँपालिका–८, पात्लेपानी (खुकैला) मा चार घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
आगलागीबाट हतुवागढी गाउँपालिका–८ का अर्जुन राई, कञ्चन राई, भीमबहादुर राई, शान्तकुमारी राईको घर र कालीबहादुर राईको गोठ जलेको जिल्ला प्रहरीले जनाएको छ।
सुक्खा मौससमा मालढुंगा सामुदायिक वनमा लागेको डढेलो हावाले उडाउँदा घर जलेको प्रहरीले जनाएको छ।
आगलागीबाट चारवटा घर र गोठ जलेर पूर्ण नष्ट भएको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ। रासस