जनकपुर - सर्लाहीमा एक युवकको टाउको काटेर हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले मलंगवा नगरपालिका–९ निवासी ४५ वर्षीय कमल पण्डित भनिने विमलकान्त पाठक र ४० वर्षीय भारतीय नागरिक अशोक झालाई पक्राउ गरिएको जानकारी दिए।
बुधबार रातिदेखि बेपत्ता रहेका मलंगवा नगरपालिका–१० का ३० वर्षीय सुशील रायको शव बिहीबार बिहान मलंगवा नगरपालिका–९ स्थित खेतमा टाउको काटिएको अवस्थामा भेटिएको थियो।
प्रहरीका अनुसार ती दुवै जनालाई बिहीबार साँझ नै पक्राउ गरिएको हो। प्रारम्भिक अनुसन्धानमा मृतक र आरोपित लागूऔषध प्रयोगकर्ता रहेको प्रहरीले जनाएको छ।