सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्छ, जसपा यही सरकारमा जाँदैन : उपेन्द्र यादव

ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्छ, जसपा यही सरकारमा जाँदैन : उपेन्द्र यादव

जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले अझै पनि प्रतिगमनको खतरा रहेकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल पदबाट हटाउनुपर्ने बताएका छन्।
 |  शुक्रबार, चैत १३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १३, २०७७

बुटवल – जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले अझै पनि प्रतिगमनको खतरा रहेकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल पदबाट हटाउनुपर्ने बताएका छन्। 

शुक्रबार प्रेस मञ्च नेपालले बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै यादवले लोकतन्त्र, गणतन्त्र पक्षधरबीचको सहकार्यबाट प्रधानमन्त्री ओली नेतृत्वको सरकार हटाउनुपर्ने बताएका हुन्। 

‘अब प्रधानमन्त्रीलाई सरकारबाट हटाउनैपर्छ, संघीयता र गणतन्त्र पक्षधरको सरकार बन्नुपर्छ,’ उनले भने। 

साथै जसपा ओली नेतृत्वको सरकारमा सहभागी नहुने पनि उनले स्पष्ट पारेका छन्। 

‘यो प्रतिगमनकारी सत्ता हो, समावेशितालाई समाप्त पार्ने भएकाले हामी ओली नेतृत्वको सरकार जाँदैनौं,’ उनले भने। 

अध्यक्ष यादवले सरकार परिवर्तनका लागि कांग्रेसले नै नेतृत्व गर्नुपर्ने बताएका छन्। ‘हाम्रा कारणले सरकार गठनमा अवरोध छैन, कांग्रेससहितका दलले निर्णय गरे हामी तयार छौं,’ उनले भने। 

मुद्दा खारेजी र बन्दी रिहाइ मुद्दाका बारेमा सरकारसँग छलफल भएको तर सत्ता साझेदारी भने हुन नसक्ने अध्यक्ष यादवले स्पष्ट पारे। 

जसपाभित्र दुुई धार देखिएको चर्चा भइरहेको बेला अध्यक्ष यादवले कुनै पनि बाहनामा केपी ओलीसँग सहकार्य हुन नसक्ने बताएका हुन्। 

यादवले मधेश र थरुहट आन्दोलनका बेला गिरफ्तार भएका र बन्दीमा राखिएकाहरूलाई रिहाइको माग राखिएको बताएका छन्। 

‘मुद्दा खारेज र बन्दीलाई रिहाइ गर्ने गरी भइरहेको कुरालाई दुई धारका रूपमा ब्याख्या गरिएको छ,’ उनले भने। 

प्रधानमन्त्रीको हरेक कदम संविधान, गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता विरोधी भएको उनको आरोप छ। 

प्रधानमन्त्रीले संविधान धारा २८४ विपरीत अध्यादेशमार्फत् संवैधानिक परिषद् नियुक्ति गरेर स्वेच्छाचारी र निरकुंश प्रवृत्ति देखाएको यादवको भनाइ छ। 

प्रधानमन्त्रीले संसद् विघटन भएपछि त्यसलाई असंवैधानिक र प्रतिगामी कदम भनेर जसपा सडक आन्दोलन होमिएको बताए।

संविधान र संसद्माथि प्रहार गरेपछि अहिले फेरि संसद्लाई असफल पार्ने प्रयत्न गरेको आरोप लगाए। उनले सरकारले संसदलाई विजनेश नदिएर संसद्लाई फेरि समाप्त पार्न लागिपरेको बताए। 

‘राष्ट्रिय समस्याको हल गर्नुभएको छैन, राष्ट्रिय अर्थतन्त्र चौपट भएको छ,’ उनले भने, ‘समृद्ध नेपाल र सुखी नेपाली भएन दरिद्र नेपाल र दुुखी नेपाली भयो।’  

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पूर्ण असफल भएको बताउँदै यादवले संघीय लोकतान्त्रिक प्रणालीलाई समाप्त पार्न खोजेको बताए।

प्रकाशित: Mar 26, 2021| 04:04 शुक्रबार, चैत १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।