काठमाडौं - नेकपा एमालेका माधव-झलनाथ समूहका नेता योगेश भट्टराईले पार्टी एकता कायम राख्न सवैले हरम्भव प्रया गर्नुपर्ने बताएका छन्।
ट्विट गर्दै उनले सवैको थोरै-थोरै लचकता भए पार्टी जोगिने टिप्पणी गरेका छन्।
उनले विग्रिसकेपछि हुने नोक्सानीले मुलुकलाई दशकौपछि धकेल्ने बताएका छन्। 'अतिवाद र अस्थिरताले केसम्म गर्छ निकट र बिगतलाई सम्झे मात्र पुग्छ', उनले लेखेका छन्।
पछिल्लो समय सर्वोच्च अदालतको फैसलासँगै नेकपा एमाले ब्यूँतिएपछि ओली र माधव-झलनाथ गुट पार्टी भित्रै सक्रिय बन्न थालेका छन्।
आज मात्रै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन्।
एमालेले संसदीय दलको बैठक बोलाएकै दिन माधव-झलनाथ पक्षले छुट्टै केन्द्रीय कमिटी बैठक डाकेको छ।
नेकपा एमालेको एकता कायम राख्न सबैले हरसंभब कोशिस गरौ । थोरै पनि लचकताबाट यो संभव छ । बिग्रे पछि हुने नोक्सानीले मुलुकलाई दशकौ पछि धकेल्ने छ । अतिबाद र अस्थिरताले के सम्म गर्छ निकट बिगतलाई सम्झे मात्र पुग्छ ।
— Yogesh Bhattarai (@yogesbhattarai) March 25, 2021