सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बालुवाटारमा एमाले संसदीय दलको बैठक, कलंकीमा माधव-झलनाथ पक्षको केन्द्रीय कमिटी बस्दै

बालुवाटारमा एमाले संसदीय दलको बैठक, कलंकीमा माधव-झलनाथ पक्षको केन्द्रीय कमिटी बस्दै

एमालेले संसदीय दलको बैठक बाेलाएकै दिन माधव-झलनाथ पक्षले केन्द्रीय कमिटी बैठक बोलाएको छ। 
 |  शुक्रबार, चैत १३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १३, २०७७

काठमाडौं - सत्तारुढ नेकपा एमालेमा देखिएको विभाजन झनै सतहमा देखिन थालेको छ। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन्। 

एमालेले संसदीय दलको बैठक बाेलाएकै दिन माधव-झलनाथ पक्षले केन्द्रीय कमिटी बैठक बोलाएको छ।

बिहान ११ बजे कलंकीमा केन्द्रीय कमिटी बैठक बोलाइएको हो। 

यता ओलीले दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाएका छन्। 

ओलीले पार्टी समानान्तर गतिविधि नगर्न चेतावनी दिँदै वरिष्ठ नेता माधवकुमार नेपालसहित चारजनालाई स्पष्टीकरण सोधेका थिए।

ती चारै नेताले ओलीलाई स्पष्टीकरण लेख्दै उल्टै संगीन आरोप पेस गरेका छन्। 

स्पष्टीकरणको जवाफमा ओलीलाई सबै नेताले छुट्टाछुट्टै प्रश्नैप्रश्न तेर्स्याएका छन्। 

चारै नेताको स्पष्टीकरण पत्रबारे अहिलेसम्म ओलीको प्रतिक्रिया आइसकेको छैन।

प्रकाशित: Mar 26, 2021| 02:40 शुक्रबार, चैत १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।