सोमबार, भदौ १५, २०८३

कांग्रेसले बोलायो चैत २० मा केन्द्रीय समिति बैठक

नेपाली कांग्रेसले चैत २० मा केन्द्रीय समितिको बैठक बोलाएको छ।  पछिल्लो राजनीतिक विषयमा अनिर्णित रहेको कांग्रेसले २० गतेका लागि बैठक डाकेको हो।
 |  शुक्रबार, चैत १३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १३, २०७७

काठमाडौं - नेपाली कांग्रेसले चैत २० मा केन्द्रीय समितिको बैठक बोलाएको छ। 

पछिल्लो राजनीतिक विषयमा अनिर्णित रहेको कांग्रेसले २० गतेका लागि बैठक डाकेको हो। पछिल्लो राजनीतिक घटनाक्रम र १४औं महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न बैठक डाकिएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठक केन्द्रीय कार्यालय सानेपामा दिउसोका लागि डाकिएको छ।

कांग्रेसको १४औं महाधिवेशन आगामी भदौ ७ गतेदेखि गर्ने गरी मिति तोकिए पनि कार्यतालिकाअनुसार काम हुन सकेको छैन।

यसअघि चैत १० गतेभित्र क्रियाशिल सदस्यता बुझाइसक्नुपर्ने समयसीमा तोकिएको थियो। अझै सबै क्रियाशील सदस्यको विवरण सार्वजनिक भएको छैन।

प्रकाशित: Mar 26, 2021| 01:48 शुक्रबार, चैत १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।