सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नक्कली नोट र नोट छाप्ने प्रिन्टरसहित काठमाडौंबाट दुईजना पक्राउ

नक्कली नोट र नोट छाप्ने प्रिन्टरसहित काठमाडौंबाट दुईजना पक्राउ

महानगरीय प्रहरीवृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले नक्कली नोटसहित रौतहटका ३५ वर्षीय गनबहादुर लोप्चान र मकवानपुरकी ३९ वर्षीया माया तामाङलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो।
 |  शुक्रबार, चैत १३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १३, २०७७

काठमाडौं - प्रहरीले नक्कली नोट छाप्ने प्रिन्टरसहित दुईजनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरीवृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले नक्कली नोटसहित रौतहटका ३५ वर्षीय गनबहादुर लोप्चान र मकवानपुरकी ३९ वर्षीया माया तामाङलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशबहादुर बस्नेतले नक्कली नोट बोकेका व्यक्ति कलङ्की तरकारी बजारमा तरकारी किन्न आएको सुराकीका आधारमा बुधबार राति पक्राउ गरिएको जानकारी दिए। 

पक्राउ परेका व्यक्तिले कीर्तिपुरको एक घरमा प्रिन्टर मेसिनसमेत राखेर नक्कली पैसा छाप्ने गरेको अनुसन्धानमा खुलेको छ। 

उनीहरूबाट प्रहरीले एक हजार दरको ५१ थान,  ५०० दरको ५७ थान, १०० दरको दुई थान, प्रिन्टर एक थान, फोटोकपी पेपर, पेपर कटर एक थान, ल्यापटप एक थान, मोबाइल एक थान बरामद गरेको छ। पक्राउ परेका दुवैसँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: Mar 26, 2021| 01:27 शुक्रबार, चैत १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।