विराटनगर- कोरोना संक्रमणबाट झापामा बिहीबार एक महिलाको मृत्यु भएको छ।
कनकाई नगरपालिका २ की ३९ वर्षीया महिलाको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका सम्पर्क व्यक्ति जीवन चौलागाईंले बताए।
कोरोनाको संक्रमण देखिएपछि चार दिनअघि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। उनी केही दिनअघि भारतबाट फर्किएको चौलागाईंले बताए।
पछिल्लो समय कोरोना संक्रमणबाट मृत्यु भएको प्रदेश १ मा पहिलो घटना हो। सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबार ४ जनामा संक्रमण देखिएको छ।
विराटनगर महानगरपालिका दुई, धरान उपमहानगरपालिका एक र एक जना प्रदेश बाहिरका छन्।