सोमबार, भदौ १५, २०८३

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अख्तियारको छापा

मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालय सुर्खेतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ। 
 |  बिहीबार, चैत १२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १२, २०७७

सुर्खेत- मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालय सुर्खेतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ। 

विश्वविद्यालयका पदाधिकारीहरुले आफन्तलाई करारमा जागिर दिएको उजुरी परेपछि अख्तियारले विश्वविद्यालयमा छापा मारेको हो। 

‘विश्वविद्यालयका पदाधिकारीहरुले आफन्तलाई कर्मचारीमा नियुक्त गरेको उजुरी आएको थियो’ अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले भने, ‘उजुरी परेपछि कार्यालयमै पुगेर कर्मचारी भर्ना सम्बन्धी कागजात नियन्त्रणमा लिएका छौँ।’ छानबिनका लागि अख्तियारले कागजात नियन्त्रणमा लिएको जनाएको छ।

‘छानविनका विभिन्न प्रक्रियाहरु हुन्छन्, प्रमाणहरु नष्ट हुनसक्ने भएपछि हामी तत्काल फिल्डमै गएका हौँ’ उनले भने, ‘अख्तियारको औपचारिक पत्र बोकेर विश्वविद्यालय गयौँ र कागजात लिएर आएका छौँ।’

प्रकाशित: Mar 25, 2021| 14:37 बिहीबार, चैत १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।