काठमाडौं- नेकपा एमालेका नेता भीम रावलले आफूलाई सोधिएको स्पष्टीकरणको जवाफ दिँदै पार्टी अध्यक्ष ओलीमाथि नै विभिन्न प्रश्न गरेका छन्।
उनले ओलीले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउने मनसाय राखेको आरोप लगाएका छन्।
१४ बुँदे स्पष्टीकरण पत्रमा रावलले ओलीमाथि विदेशीसामु लम्पसार परेको, भ्रष्टाचार गरेकोदेखि पार्टीले अनुशासनको कारबाही गरेको लगायतका विषय समेटेका छन्।
उनले ओलीलाई साबिक नेकपाको केन्द्रीय कमिटीले अनुशासनको कारवाही गरेको होइन ? भन्ने प्रश्न गरेका छन्।
पार्टीको उपाध्यक्षकै रुपमा लेखेको पत्रमा रावलले आफूविरुद्ध तथ्यहीन आरोपहरु लगाएको भन्दै ‘यस्तो निकृष्ट प्रचार गरेर तपाईले पार्टी एकीकरणपछि समेत केन्द्रीय कार्यालयमा सञ्चित १८ करोड बढी रकमको दुरुपयोग गर्न आफुलाई सहज तुल्याउने अभ्यास गनुभएको मात्र हो किन नभन्ने ?’ भन्ने प्रश्न गरेका छन्।
हेर्नुहोस् रावलको पत्र