सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमण बढेसँगै मोरङ प्रशासनद्वारा भीडभाडमा रोक 

कोरोना संक्रमण बढेसँगै मोरङ प्रशासनद्वारा भीडभाडमा रोक 

कोरोना संक्रमण बढेसँगै मोरङ जिल्ला प्रशासनले भीडभाडमा रोक लगाएको छ। नजिकै आइरहेको होली पर्वमा भीडभाड गर्न प्रशासनले रोक लगाएको हो। 
 |  बिहीबार, चैत १२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १२, २०७७

विराटनगर- कोरोना संक्रमण बढेसँगै मोरङ जिल्ला प्रशासनले भीडभाडमा रोक लगाएको छ। नजिकै आइरहेको होली पर्वमा भीडभाड गर्न प्रशासनले रोक लगाएको हो। 

भीडभाडले कोरोनाको संक्रमणलाई फेरि विस्तार गर्नसक्ने भन्दै पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन आग्रह गरिएको छ। जिल्ला सुरक्षा समितिको बैठकले नियमको उल्लंघन गर्नेलाई तत्काल कारबाहीको दायरामा ल्याउने निर्णय गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताए।

परिवारका सदस्यबीचमा स्वास्थ्यका मापदण्ड अपनाएर मात्रै होली मनाउन प्रशासनले सबैमा अनुरोध गरेको छ। होलीका अवसरमा मेला तथा कार्यक्रमहरु गर्न रोक लगाइएको छ।

गृह मन्त्रालयको परिपत्रअनुसार सुरक्षा समितिले होलीमा कडाइ गरेको हो। नेपालसँगको खुला सीमा रहेको छिमेकी मुलुक भारतमा व्यापक रुपमा संक्रमण फैलन थालेपछि सीमा नाकामा पनि कडाइ थालिएको छ। 

कोरोनाका कारण संसारभर नै कडाइ भइरहेको अवस्थामा सुरक्षा समितिले होली पर्व समुदायमा मनाउन रोक लगाएको हो। होलीलाई सुरक्षित र संक्रमणरहित रुपमा सम्पन्न गर्न आवश्यक सुरक्षाकर्मी परिचालन गरिने मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए। 

कार्यक्रम स्थगित हुन थाले

कोरोना संक्रमण बढेसँगै पूर्वनिर्धारित कार्यक्रमहरु स्थगित गर्न सुरु गरिएको छ। नेकपा एमाले प्रदेश १ ले शुक्रबारका लागि आयोजना गरेको कार्यकर्ता भेला स्थगित गरेको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा गर्ने तयारी गरिएको कार्यकर्ता भेला कोरोना संक्रमण बढेसँगै स्थगित गरिएको नेकपा एमाले प्रदेश १ का सचिव विनोद ढकालले जानकारी दिए।

प्रदेश १ का प्रमुख सोमनाथ अधिकारीले होली पर्वका अवसरमा आइतबारका लागि आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रम पनि स्थगित गरिएको छ।

प्रदेश प्रमुखको कार्यालयले बिहीबार विज्ञप्ति जारी गरी पूर्व निर्धारित कार्यक्रम स्थगित गरिएको जनाएको छ।

प्रकाशित: Mar 25, 2021| 12:28 बिहीबार, चैत १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।